काठमाडौ। स्वास्थ्य सेवा विभागले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक र स्वास्थ्यकर्मीलाई उपत्यका तीन जिल्लामा काममा नखटाउने निर्णय गरेको छ। स्वास्थ्य सेवा विभागका उपसचिव तारानाथ लुइँटेलले चालु आर्थिक वर्ष २०७३\०७४बाट लागू हुने गरी उक्त निर्णय गरिएको जानकारी दिए।

Doctorछात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थी उपत्यकामा मात्र केन्द्रीत हुने बाहिरी जिल्लामा जान नखोज्ने भएकाले उपत्यका मात्र भार थपिएकाले सो निर्णय गरिएको हो। सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्ष सरकारी स्वास्थ्य संस्थामा गई सेवा गर्नुपर्ने प्रावधान छ। सेवाका समयमा उनीहरुलाई सम्पूर्ण सेवा सुविधा पनि सरकारले उपलब्ध गराउँदै आएको छ।

यसै निर्णयअनुसार विभागले यस वर्षका २९७ विद्यार्थीलाई उपत्यका बाहिरका जिल्लामा खटाएको छ। हालसम्म विभागबाट एक हजार २९६ जना छात्रवृत्तिमा पढेकाले काम गरिसकेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ १ गते बुधवार ।