काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन शुक्रबार मनाएका हुन् ।

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि ओलीले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् । जन्म दिन मनाउने क्रममा ओलीकी पत्नी राधिका शाक्य तथा नेकपा एमालेका नेताहरु सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा जन्मदिनको अवसरमा विभिन्न व्यक्ति र कुटनीतिक निकायले शुभकामना दिएका छन्। नेपालका प्रसिद्ध फोटोग्राफर तथा सीबी माउण्ट प्रेमिङ कंपनीका प्रमुख निर्देशक च्याङ्बा लामाले जन्म दिनको बधाई तथा शुभकामना सहित आकर्षक फ्रेम नै उपहार दिएको बताएका छन्।

ओलीलाई भारतीय र चिनियाँ राजदूतले पनि बधाई तथा शुभकामा दिएका छन् ।

प्रकाशन मिति–२०७४ साल फागुन ११ गते शुक्रबार ।