Prachanda-KP-Oli-talkingकाठमाडौ। नेपाली राजनीतिमा नेपाली कांग्रेसको रबैया तथा नेकपा माओवादी केन्द्र वीचको साँठगाँठको कुराले तरलता आइरहेको बेलामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई प्रतिशोधको रणनीति त्याग्न कांग्रेसलाई आग्रह गरेपछि त्यो तरलतामा बरफ जमेको स्पष्ट भएको छ।

काभ्रेको नालामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकार गिराउने कार्यमा नलागेको र राष्ट्रिय सहमतिको लागि जोड दिएको बताएका छन्। प्रचण्डले सहमतिका लागि जसले त्याग गर्ने तत्परता देखाउंछ, त्यसलाई इतिहासले सम्मान गर्ने उल्लेख गर्दै सहमति गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका छन्।

Sujata Koirala

त्यसैगरेर, काठमाडौमा रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा नेपाल कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजे मुलुक दूर्घटनामा पर्ने चेतावनी दिएकी छन्।

तीनवटा चुनाव नभएसम्म सरकार परिवर्तन गरिनु हुंदैन भन्दै नेतृ कोइरालाले ओलीको विकल्प खोजेमा त्यसको अपजस नेपाली कांग्रेसलाई आउने भनेकी छन्।

Rohit

भक्तपुरको रफत सञ्चार क्लवमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छ रोहितले पनि ओली नेतृत्वको सरकार परिवर्तन गर्ने बेला नभएको स्पष्ट पारेका छन्।

 

 

प्रकाशन मिति–२०७३ साल असार २० गते सोमवार ।