काठमाडौं। पहिलो भेटमा नै बाजा बजाउने काम भएको छ। त्यसरी पहिलो भेटमा बाजा बजाउने काम गायिका सरिता भारतीको गीत गायनमा भएको हो।

यिनै दुई बोलको गीत रहेको नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ सामाजिक दूरी मेन्टन गर्दै सार्वजनिक भएको छ। काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाभवनमा ख्यातिप्राप्त संगीतकार शम्भुजीत बासकोटा, गीतकार डब्बु क्षेत्री र गायिका सरिता भारतीले सामूहिक रुपमा विमोचन गरेपछि सार्वजनिक गरिएको हो। जसमा बजाई देउ बाजा।।।र पहिलो भेटमा।।।बोलको गीत रहेको छ ।

सो क्रममा बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफुले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेकोे बताए । सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने बताउँदै बासकोटाले शुभकामना पनि दिए ।

यस अघि मेरो जवानी।।।, लुडो र तास।।।, कोरोनाले देशै रायो।।।रातो सारी लरक्कै।।।जस्ता सिँगल ट्रक यलबम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन् । यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको तेश्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले वताएकी छन्। बिगत आधा दशकदेखि गायनमा सक्रिय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन् ।


प्रकाशन मिति–२०७७ साल असोज ५ गते सोमवार ।