Saroj-Khanalकाठमाडौ। स्वभाविक अभिनयका धनी नायक सरोज खनाल नेपालमा नै अव रम्ने भएका छन्। अमेरिकाको ग्रीनकार्ड होल्डर भएतापनि अमेरिका नफर्कने निर्णयका साथमा नेपाल आएका नायक खनालले अमेरिकामा १७ बर्ष विताएका छन्।
१७ बर्षको त्यो लामो बसाईपछि नेपालको लागि केही गर्नुपर्छ भनेर नेपाल आएका नायक खनालले चितवनमा व्यावसायिक रुपमा पोल्ट्रीफर्म खोलेका छन्। काठमाडौको न्युरोड र दरवारमार्गमा जुत्ताको शोरुम नै खोलेर व्यवसाय विस्तार गरेका छन्।
खनालका दुई छोरा अमेरिकामा नै बसेका छन्। खनाल पत्नी अभिनेत्री सूर्यमाला शर्मा पनि खनालसंगै नेपाल फर्केका छन्। रंगकर्मवाट करियर शुरु गरेका खनालको अभिनेत्री शर्मासंग रंगकर्मको यात्राको क्रममा नै प्रेम तथा विवाह भएको हो। विवाह भएको बर्षमा धेरै भन्दा धेरै नेपाली चलचित्रमा खनाल व्यस्त बनेका थिए। अभिनेत्री शर्मा भने घरव्यवहारमा नै रमेकी थिइन्।

Saroj-Khanal-with-Surya-Mala-Sharmaखनालको घर सम्हालेर घर–व्यवहार गर्दैगरेकी अभिनेत्री शर्मा एकदिन खनालको हाफपाइन्ट धुंदैथिइन। चलचित्रको शुटिङ्गवाट भर्खर काठमाडौ आएका खनाल पाइन्ट धुंदै गरेकी श्रीमती एकाएक रुन थालेपछि आतिनु स्वभाविक थियो। के भयो भनेर अतालिदै सोध्न जांदा पाइन्ट गोजी छाम्नु भनेर भिजेको पाइन्ट दिदा खनालले उक्त पाइन्टमा कण्डम भेटाए। आफ्नो पाइन्टमा कण्डम भेटिएपछि खनाल निक्कै अलमल परे। अनि तुरुन्तै यस्तो डरलाग्दो ठट्टा हांस्यअभिनेता राजाराम पौडेलले मात्र गर्ने गरेको कुरा उनलाई थाहा थियो।

Saroj-Khanalश्रीमतीको रुवाबासीलाई शान्त पार्न तत्काल राजाराम पौडेललाई फोन गर्दा अभिनेत्री शर्मालाई उल्टै सरोज त खत्तम भैसके, उनलाई केटी नभइ हुंदैन भनेर भन्नुभनेपछि फेरि बबाल भैहाल्यो भनेर त्यो क्षणलाई खनालले संझे। पछि मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य मार्फत कुरा गरेर राजाराम पौडेललाई जसरी भएपनि कुरा मिलाउन लगाए। आगो र पानीको कसम खाएर राजारामले उक्त कण्डम खनालको पाइन्टको आफैले राखेको कुरा भनेपछि मात्र अभिनेत्री खनालले विश्वास गरेको त्यो क्षणलाई जिन्दगीमा भुल्न नसकेको यथार्थता अझै खनालले संझ्ने गरेका छन्।

Saroj-Khanal-with-Surya-Mala-Sharma१७ बर्ष लामो अमेरिका बसाईका क्रममा सूर्यमाला भित्रको कलाकारितालाई नजानिदो तरिकाले आफूले मारेको पछुतो पनि उनमा रहेको छ। आफू अमेरिकाको काम र कलाकारितामा व्यस्त बनेतापनि सूर्यमालाले अमेरिकामा आफूलाई स्थापित गर्न र गराउन ठूलो मेहनत गरेकोले उनले कलाकारितालाई त्याग्न समेत बाँध्य बनेको कुरालाई खडकिएको कुरा भनेर बारम्बार भनेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र १४ गते आइतवार ।