काठमाडौं। डेढ बर्ष लामो कोरोना महामारीको कारण थला परेको नेपाली चलचित्र उद्योग अव विस्तारै उठ्ने क्रममा रहेको छ। सरकारले चलचित्र हल चलाउन पनि स्वीकृति दिइसकेको अवस्थामा नेपाली चलचित्रहरु पनि क्रमिक रुपमा प्रदर्शन हुने भएको हो।

लामो समय चलचित्र हल बन्द भएको कारण चलचित्र चलाउन यतिखेर चलचित्र नै नभएको अवस्थामा सरोज शर्माको निर्माण तथा प्रस्तुति रहेको महत्वाकांक्षी चलचित्र अचानक लगाउने तयारी भएको छ। जेसिका खड्का र निखिल उप्रेतीको लिडिङ रोल रहेको चलचित्र अचानकलाई अचानक नै चलचित्र हलमा लगाउने प्रयास भैरहेको जानकारी निर्माता सरोज शर्माले दिएका छन्।

विगत तीन दशकदेखि निरन्तर नेपाली चलचित्र निर्माण तथा वितरणको कार्यमा लाग्दैआएका निर्माता शर्माको तिरुपति पिक्चर्सको ब्यानरमा चलचित्र अचानक निर्माण भएको हो। यस चलचित्रको अचानक प्रदर्शन पश्चात गमकता छाएपछि अर्को महत्वकांक्षी चलचित्र विवाह निर्माण गर्ने जोशमा निर्माता शर्मा रहेका छन्। निर्माता शर्मालाई नेपाली चलचित्र उद्योगकी प्रथम चलचित्र वितरक सुनिता भट्टराईले पनि सघाउने भएकी छन्।
प्रकाशन मिति–२०७८ साल असोज २ गते शनिवार ।