काठमाडौं। फरक सोच र फरक अभिनयका धनी अभिनेता सरोत्तम चित्रकारको सोच कलाकारिता क्षेत्रमा विस्तारै मज्जाले छाउने हो। यसले गर्दा पनि अभिनेता चित्रकारलाई हतार–हतारमा आम कलाकार जस्तो फड्को मारेर अगाडि बढ्ने सोच छैन्।

सिम्पल थिङकिङ हाइ लिभिङ स्टाइलमा कलाकारिता गर्दैआएका चित्रकारको कलाकारिताको सोच सानैदेखिको नै हो। तर, व्यावसायिक रुपमा कलाकारितालाई निरन्तरता दिएको भने दुई बर्षयता मात्र भएको खुलासा चित्रकारले भिजन संसार डटकमसंगको कुराकानीमा गरेका छन्।

काठमाडौंका असन–न्ह्योंखा टोलका स्थानीय रैथाने चित्रकारको अधिकांस दिन भने पाटनको कुमारीपाटीमा वित्ने गरेको छ। कुमारीपाटीमा चित्रकारको मोबाइल एक्सरिजको पसल व्यवसाय भएको कारण असन–न्ह्योंखामा भन्दा बढी समय कुमारीपाटीमा वित्ने गरेको यथार्थता पनि उनले बताएका छन्।

आर्यम नकर्मी निर्मित तथा निर्देशित लामो भागको टेलिसिरियल ड्याड–सनवाट अभिनय यात्रा शुरु गरेका उनले ढगंमदुनी, ट्राफिक लगायत लाखेभाजु नामक चलचित्रमा पनि अभिनय गरिसकेका छन्। पछिल्लो चलचित्र सनाखतमा ख्यातिप्राप्त कमेडी किङ मदनकृष्ण श्रेष्ठसंग पनि अभिनय गरेको बताउने उनी जिन्दगी नै अभिनय भएको सुनाउंछन्।


प्रकाशन मिति–२०७६ साल पुस २६ गते शनिवार ।