ललितपुर । लायन्स क्लब अफ काठमाडौं फेलोसिपले सर्भिस फर स्कुल चिल्ड्रेन अन्तर्गत स्कुले विद्यार्थीहरुको लागि आवश्यक स्टेशनरी सहयोग गरेको छ। ललितपुरको इमाडोल स्थित महालक्ष्मी नगरपालिका वडा नंबर ४ वचुमा रहेको सूर्योदय बालबिकास आधारभूत विद्यालयमा लायन्स क्लब अफ काठमाडौं फेलोसिपले सहयोग गरेको हो।

लायन्स क्लब अफ काठमाडौं फेलोसिपका डाइनामिक मेमबर लायन सुशीला श्रेष्ठको शुभ जन्मोत्सवको अवसरमा सर्भिस फर स्कुल चिल्ड्रेन कार्यक्रम अन्तर्गत सहयोग वितरण गर्ने कार्य भएको फेलोसिपका चार्टर प्रेसिडेन्ट लायन कृष्णज्योति शाक्यले वताएका छन्। लायन शाक्यका अनुसार, मनकारी डाइनामिक लायन सुशीला श्रेष्ठले शुभ जन्मोत्सव लगायतका मांगलिक कार्यहरुलाई सार्थकता दिन यसरी नै लायन्स क्लब अफ काठमाडौं फेलोसिप मार्फत सहयोग वितरण गर्ने कार्य गर्दैआएकी छन्।

 

विसं.२०७२ सालको महाभूकम्पदेखि सक्रिय रुपमा सामाजिक कार्य गर्दैआएकी लायन सुशीला श्रेष्ठले आफ्नो शुभजन्मोत्सवमा गरीब, जेहेन्दार विद्यार्थीहरुलाई सर्भिस फर स्कुल चिल्ड्रेन कार्यक्रममा सहयोग वितरण गर्ने कार्य गर्न पाउंदा अत्यन्त खुशी तथा गौरब लागेको बताएकी छन्। लायन श्रेष्ठले सूर्योदय बालबिकास आधारभूत विद्यालयका १२५ विद्यार्थीहरुलाई स्कुल ब्यांग, जाडोमा न्यानो टोपी लगायत स्टेशनरी सामाग्री वितरण गरेकी थिइन्।

कार्यक्रममा आयोजक लायन्स क्लब अफ काठमाडौं फेलोसिपका बर्तमान प्रेसिडेन्ट सविना महर्जन, फस्ट भाइस प्रेसिडेन्ट राजेश हिमालय, राजाराम महाजु, मनिषा गिरी लगायतका दर्जनौ डाइनामिक मेमबरहरुको उपस्थिति रहेको थियो। स्कुलका विद्यार्थीहरुलाई सहयोग वितरण गरेकोमा स्कुलका हेडसर महेन्द्र पण्डितले सवै लायनहरुलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए।


प्रकाशन मिति–२०७९ साल मंसीर २८ गते बुधवार ।