काठमाडौं। दोश्रो मिस सर्लाही–२०१९ संपन्न भएको छ। सर्लाही जिल्लाको लालबन्दीमा दोश्रो मिस सर्लाही भएको हो। पल इन्टरटेन्टमेन्टको आयोजनामा भएको भव्य तथा सभ्य कन्टेस्टमा यो बर्ष मिस सर्लाही–२०१९ दीक्षा पौडेल बन्न सफल भएकी छन्।

फस्ट रनरअप कृष्टिना मोक्तान तथा सेकेण्ड रनरअप अनु मगर बनेका छन्। मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता सुन्दरी चन्दा थापा, ख्यातिप्राप्त मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठ, फस्ट मिसेस पोखरा सविता पाण्डे र मोडल तथा अभिनेता दृश्य सुवेदी संलग्न निर्णायक मण्डलको निर्णयवाट यो बर्षको मिस सर्लाही संपन्न भएको हो।

मिस सर्लाहीमा सहभागी सुन्दरीहरुको मेकअप गर्ने कार्य राष्ट्रिय सौन्दर्यकर्मी युनियन काठमाडौ जिल्ला कमिटीका गंगा नकर्मी, सहनाज बेगम र जनकपुर राष्ट्रिय सौन्दर्यकर्मी युनियन टीम
लगायतले गरेका थिए। जसको प्रमुख नेतृत्व ख्यातिप्राप्त मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठवाट भएको थियो। ड्रेस प्रायोजन रेज बुटिकवाट भएको थियो।


प्रकाशन मिति—२०७५ साल माघ १५ गते मंगलवार ।