Gyanendra Shah, Bidhya Devi Bhandari & Komal Shah
Gyanendra Shah, Bidhya Devi Bhandari & Komal Shah

काठमाडौ। विजया दशमी २०७४ को अवसरमा यही असोज १४ गते शनिबार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइ दिने भएको छ।

मंगलवार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ।कार्यालयका अनुसार सो दिन शीतलनिवासको गेट नं। १ को ढोका खुला रहनेछ।

पूर्वराजा ज्ञानेन्द्रले भने यो बर्ष शुभचिन्तक सर्वसाधारणलाई विजया दशमीको टीका नलगाइदिने भएको छ। देशमा बाढीका कारण धेरैको ज्यान गएको र धेरै पीडामा रहेको जनाउंदै पूर्वराजा ज्ञानेन्द्रले टीका नलगाइदिने निर्णय गरेका हुन्।

Gyanendra with Bidhya Devi.1प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।