ललितपुर । नेपालभाषा संगीत तथा चलचित्रका विविध विधामा अवार्ड दिइने नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डस् नेपालभाषा म्युजिक भिडियो तथा संगीत क्षेत्रका उदाहरणीय अत्यन्त गर्बिलो कार्य हुने निश्चित भएको छ।

यिनै नेपालभाषाको सबैभन्दा सर्वाधिक बिधामा पुरस्कार दिइने अवार्डको २१ विधाको टप–टेन भिजन संसार डटकमवाट बुधवार नै सार्वजनिक भएपछि त्यसको प्रमाण–पत्र र मेडल दिने कार्य शुक्रवार भएको हो।

ललितपुरको बागडोलस्थित बेखाज पार्टी भेन्युमा आयोजित भव्य समारोह वीच टप–टेनमा परेका २१ विधाका २ सय १० जना कलाकर्मीहरुलाई प्रमाण–पत्र तथा मेडल प्रदान गरिएको हो।

बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले बृहत रुपमा गरिन लागेको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेन सार्वजनिकरण भएको खुशीयालीमा उक्त कार्यक्रम भएको हो। प्रतिस्पर्धामा ५७ वटा नेपालभाषाका म्युजिक भिडियो समावेश रहेको छ।


प्रकाशन मिति–२०७६ साल मंसीर १३ गते शुक्रवार ।