काठमाडौ। सर्वोच्च अदालतको फैसला समेत कार्यान्वयन नहुनु भनेको अत्यन्त पीडादायक कुरा भएको छ।

नेपालको सर्वोच्च निकाय सर्वोच्च अदालतको फैसला कार्यन्वयन हुन ढिलाईमा शक्ति केन्द्रहरुको चर्को चलखेलका कारण पीडितहरुले अझै न्याय पाउन सकेको देखिदैन्। जसको प्रत्यक्ष उदाहरणको रुपमा गंगामाया अधिकारी र उज्जन श्रेष्ठका दिदी सावित्री श्रेष्ठ बनेका छन्।

Adhikari & shrestha

छोरा र भाइको हत्याराको कारवाहीको लागि लामो समय देखि संघर्षरत यी दुई आमा र दिदीले सर्वोच्च अदालको फैसला समेत कार्यन्वयन अत्यन्त गुनासो गरेका छन्। शुक्रबार वीर अस्पतालमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले अदालतको आदेश तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन् ।

अधिकारीले अदालत र सरकारले आफूलाई न्याय नदिएको गुनासो गर्दै अन्तिममा न्याय पाउने विश्वास व्यक्त गरिन् । श्रेष्ठले अदालतबाट दोषी ठहर्‍याएका बालकृष्ण ढुंगेलले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की दिएको दाबी गर्दै सरकारसँग सुरक्षासमेत माग गरेकी छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र ५ गते शनिवार ।