Sushila Karki chief justice of Nepalकाठमाडौ। नेपालकी प्रथम महिला प्रधानन्यायाधिश सुशीला कार्कीले सोमवार पदभार सम्हालेकी छन्। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीवाट राष्ट्रपति भवन शीतल निवासमा सर्वोच्च अदालतको प्रधानन्यायाधिशको सपथ ग्रहण गरेपछि नेपालको न्यायालयको इतिहासमा नयाँ आयाम थपिन पुगेको छ।

नेपालमा एउटा संयोग पनि हुन पुगेको छ। प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रथम महिला सभामुख ओनसरी घर्तीमगर भएको बेलामा प्रथम महिला प्रधानन्यायाधिशमा सुशीला कार्की आउनुले नेपाली महिलाहरु पनि देश हाँक्न अत्यन्त सक्षम भएको प्रमाणित गरेको छ।

विभिन्न आरोह तथा अवरोका वीच मुलुकको सर्वोच्च न्यायालयको प्रमुख बन्न सफल प्रधानन्यायाधिश कार्कीले पदभार ग्रहण गरेपछिको पत्रकार सम्मेलनमा आफूसंग चुनौति र अवसर दुवै रहेकाले यसलाई मिलाएरै अघि बढ्नुको विकल्प नभएको बताएकी छन्। सर्वोच्च अदालतकोसामु रहेका चुनौतीका पहाड चिर्न राजनीतिक दलहरुले बेलैमा प्रदेश विभाजनको टुंगो लगाउनसके त्यसले आफूहरुलाई निक्कै सहज बनाउने उनले बताइन्।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।