काठमाडौ। विश्व विख्यात बलिउड अभिनेता सलमान खानको महत्वाकांक्षी फिल्म भारतमा प्रियंका चोपडाले नखेल्ने भएकी छन्। आफूभन्दा ११ बर्ष कान्छो अमेरिकी गायक निक जोनसंग विवाह गर्ने पक्का भएपछि प्रियंकाले सलमानको भारत छाडे्की हुन्।

प्रियंकाले फिल्म भारत छाडे्पछि उनको स्थानमा सलमानले आफ्नो पुरानो प्रेमिका कैटरिना कैफलाई लिने पक्का गरेका छन्। भारतीय समाचार एजेन्सीका अनुसार फिल्म भारतका निर्देशक अलि अब्बास जफरले यसको पुष्टि गरेका हुन्।

आगामी सेप्टेम्बर महिनावाट फिल्म भारतको शुटिङ हुने भएको छ। भारतमा खेल्ने पक्का भएपछि कैटरिना आफू अत्यन्त उत्साहित बनेको प्रतिक्रिया दिएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ।


प्रकाशन मिति–२०७५ साल साउन १४ गते सोमवार ।