काठमाडौं। गायक निशान भट्टराईको गएराति सवारी दुर्घटनामा परी निधन भएको छ।

काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। जसमा भट्टराई गम्भीर घाइते भएका थिए। लगत्तै भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही भट्टराईको निधन भएको हो।

भट्टराई ४० को दशकवाट गायनमा जम्दैआएका गायक भट्टराई खासगरी गजल गायनमा ख्यातिप्राप्त गायक हुन्। स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए।

प्रकाशन मिति–२०७६ साल पुस २९ गते मंगलवार ।