काठमाडौं। सविता ढकाललाई धेरैले अझैपनि नेपाल टेलिभिजनको चर्चित कार्यक्रम शुभ प्रभातमा शुभ प्रभात कार्यक्रम चलाउने कार्यक्रम प्रस्तोताका रुपमा बढी चिन्ने गरेका छन । शुभ प्रभात सविताको पहिचान नै बनेको छ। दुई बर्षभन्दा लामो समय निरन्तर नेपाल टेलिभिजनमा हरेक दिनको विहान ६ बजेदेखि ७.३० बजेसम्म विहानी विषय लिएर दर्शकमाझ आउनु शुभ संकेत र शुभ विहानी नै हो। यस हिसावले पनि शुभ प्रभात सविताको गजबको पहिचान बनेको हो।

‘मनिङ शोज द डेज’ भनेजस्तै सानैदेखि ग्ल्यामर क्षेत्रमा चमत्कार देखाउने सोचमा लागेकी सविताको अर्को परिचय त्यसपछि नेपाल टेलिभिजनकै साप्ताहिक समसामयिक कार्यक्रम परिदृश्य बन्यो। नेपाल टेलिभिजनवाट संचार क्षेत्रको ग्ल्यामर क्रेज बनाएकी सविताको चाहना सगर छुनु नै हो। त्यसको लागि अनेक अवसर नआएको पनि होइन। मिस नेपाल देखि मिसेस नेपाल लगायतका धेरै व्युटी कन्टेस्टहरुमा अवसर आएकै हो।

अझ कतिपय चलचित्रले हाकाहाकी हिरोइनमा अफर पनि गरेकै हो। तरपनि, टेलिभिजन प्रस्तोता बनेर अगाडि करियर बनाउंदै अगाडि बढेकी सवितावाट नेपाल टेलिभिजन पछि नेपाल वान टेलिभिजनमा कार्यक्रम नेपाल मस्ट वान्टेटमा देखियो । त्यसपछि सबिताले नेपाल वान टेलिभिजनमा आधा आकाश कार्यक्रम सन्चालन गरिन् । नेपाल वान टेलिभीजनबाट प्रसारण हुने आधा आकाश कार्यक्रम एउटा चर्चित कार्यक्रम बन्न पुग्यो। महिला ससक्तिकरणको बिषयमा केन्द्रित उक्त कार्यक्रम बाट उनले निकै प्रशंशा पनि बटुलिन ।

टेलिभिजन कार्यक्रम चलाउने क्रममा नै मखन चामल, विजया सिमेन्ट लगायत विभिन्न प्रोडक्टको विज्ञापनमा पनि मोडलिङ गरेर नयाँ आयाम पनि कायम गर्ने कार्य सवितावाट भएको छ। त्यसको अलावा केही विज्ञापनहरुमा समेत मोडलिङ गरेर आम मोडलहरुले भन्दा बेग्लै पहिचान तथा सामाजिक सन्देश दिन सफल सविता ढकाल निर्भिक र निडर स्वभावकी रहेकी छन्।

यसलेगर्दा पनि रमेश बुढाथोकी निदेर्शित लामो भागको टेलिसिरियल पुष्पाञ्जलीमा गजबको भूमिकामा अभिनय गरेकी छन्। त्यस्तै कसलाई आफ्नो भनौ नामक मेघा सिरियलमा राम्रो अभिनय गरेकी छन । आधा दर्जन टेलिफिल्महरुमा नायिका बनेर अभिनय गरेकी सविता केही समय बुटिक विजनेश वुमन पनि बनेकी थिइन्। बुटिक विजनेश वुमन बनेर बुटिक व्यवसाय पनि शुरुवात गरेकी सविता त्यस वीचमा घर व्यवहारमा व्यस्त हुनुप-यो।

आफूलाई भन्दा पनि बढी माया तथा प्यार अनि स्नेह गर्ने श्रीमान शेषराज भट्टराईको साथ र सहयोगले नयाँ जिन्दगी पाएको महशुश आफूले गरेको सविताले भनेकी छन्। ख्यातिप्राप्त शिक्षा व्यवसायी तथा अर्विट इन्टरनेशनल एजुकेशनका संचालक शेषराज भट्टराईसंग दुई बर्ष लामो प्रेम पश्चात विवाह गरेकी सविताको भनाईमा दाम्पत्य जीवन अत्यन्त सुमधुर रहेको छ। भट्टराई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केद्रिय महासचिब पनि हुन।

आमा भैसक्दा पनि अझ सुन्दरी देखिएकी सविता आफ्नो सुन्दरताको रहस्य श्रीमानको प्यार तथा साथ र सहयोग नै हो भनेकी छन्। श्रीमानले हर कार्यमा सहयोग गर्ने भएकोले आफूलाई कुनै कठिनाइ नभएको सविताको ठहर रहेको छ। निकट भविष्यमा श्रीमान जस्तै व्यवसायी बन्ने लक्ष्यमा रहेकी सविता यतिखेर ग्ल्यामर क्षेत्रको आमूल परिवर्तनका साथमा नयाँ कार्य गर्ने सोच र चाहनामा रहेकी छन्।


तस्बीर–नविन के.श्रेष्ठ
ड्रेसअप–Bliss Fashion, Old Baneswor, Ktm.Nepal.
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल बैशाख २९ गते आइतवार ।