काठमाडौ। रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न भन्ने यो सन्देश गायिका सविना कार्कीको हो। यिनै गायिका सविना कार्कीको यही सन्देश वोकेको अत्यन्त हिट गीत हिजोआज सवैको बाँच्ने नविनतम् औषधि भएको छ।

यो गीत रेडियो तथा एफएममा सुनेर धेरैले मरेको जिन्दगीलाई बचाएका छन्। कतिले हार खाइसकेको जिन्दगीलाई उकासेका छन्। धेरैले यही गीत सुनेर मरेर लानु केही छैन्–बाँचुञ्जेली त हो नि भनेर हाँस्न सिकेका छन्। यो गीतका कारण सामाजिक सन्देश समेत प्रवाहित भएको ठहर भएको छ। सविना कार्कीको यो गीतलाई गीतको रुपमा मात्र नलिइकन विलकुलै सामाजिक सन्देशको रुपमा लिइएको छ।

श्रीपुरुष ढकालको शव्द–रचना तथा सचिन सिंहको संगीत रहेको यस गीतको म्युजिक भिडियो पनि कुनै व्यावसायिक फिल्म भन्दा कम छैनन्। निक्कै उत्कृष्ट बनेको छ। जसमा गायिका सविना कार्कीको कान्छो छोरा सार्थक कार्कीका साथमा नायिका नन्दिता केसीको चित्ताकर्षक अभिनय रहेको छ।

सिमल तथा सर्वदा गीति–एल्बम निकालिसकेकी गायिका सविना कार्कीको तेश्रो एल्बम सार्थकमा यस गीत संग्रहित रहेको छ। सार्थक एल्वममा यस गीत सहित ६ वटा कर्णप्रिय गीतहरु रहेका छन्। ती गीतहरुले सार्थक एल्बमलाई सार्थक बनाउने कार्य भएको छ। ती गीतहरुमा श्रीपुरुष ढकाल, दिनेश अधिकारी, सविना कार्की, प्रकाशपुञ्ज,अनिल शाही र प्रविण दाहालको शव्द तथा शंभुजीत बाँस्कोटा, सचिन सिंह, अनिल शाही, सविना कार्की, बीबी अनुरागी र संजय खड्गीका संगीत रहेको छ।

सार्थक एल्वमको नाम गायिका कार्कीको कान्छो छोरा सार्थकको नामवाट राखिएको हो। छोरो सार्थकले सार्थक गीत गाउन सधै प्रेरित गरिरहेकोले सार्थक तथा सकारात्मक गीतहरु संग्रहित गरेर तेश्रो एल्वमको नाम पनि सार्थक राखेको रहस्य पनि गायिका कार्कीले खुलासा गरेकी छन्। आधुनिक, भजन तथा राष्ट्रिय गीतहरु गरेर एकसयजति गीत गाइसकेकी सविना कार्कीको गायन यात्रा विवाह पश्चात मात्र भएको हो।

सानैदेखि गीत गायनमा मन्त्रमुग्ध हुनेगरेकी सविना कार्की अक्सर भान्छामा हुंदा एक्लै गुनगुनाउने गरेको श्रीमान दिनेश कार्कीले सुनेका थिए। पत्नीको त्यो कोकिल कण्ठीवाट त्यति धेरै मधुर गायन पाउंदा मन्त्रमुग्ध बनेका दिनेश कार्कीले पत्नी सविना कार्कीलाई गायनमा व्यावसायिक रुपमा लाग्न नै उत्प्रेरित गरे। श्रीमानको उत्प्रेरणा र सहयोगवाट गीत गायनमा अगाडि बढ्ेका गायिका सविना कार्की आफू श्रीमानकै कारण गायिका भएको जिकिर गर्छिन्।

गायनको अलावा समाज–सेवामा पनि अत्यन्त क्रियाशील गायिका सविना कार्कीले व्यक्तिगत रुपमा तथा आफूआवद्ध रोटरी क्लव मार्फत विभिन्न बालगृह तथा बृद्धाश्रमहरुमा विभिन्न अवसरमा भोजन गराउने तथा आवश्यक सामाग्रीहरु उपलव्ध गराएर सहयोग गर्ने कार्य गर्दैआएकी छन्। ती बालआश्रम तथा बृद्धाआश्रम पुगेर गीत गाएर उनीहरुको मनलाई भुलाउने कार्य पनि गर्दैआएकी सविना कार्कीलाई हिजोआज समाज–सेवी गायिका पनि भन्ने गरिएको छ।

मनग्गे धन भएर समाज–सेवा गरेको नभइकन मन भएर गरेको तथा आफूले निकालेका एल्बमहरु बेचेर कमाएको पैसा तथा श्रीमानले दिने गरेको पैसालाई समाज–सेवामा खर्चिने गरेको यथार्थता बताएकी छन्। गायिका तथा समाजसेवीको अलावा हाल सविना कार्की रेडियो जक्कीको रुपमा पनि चिनिन थालेको छ।

ललितपुरवाट प्रसारित क्लासिक एफएममा रेडियो कार्यक्रम प्रस्तोताको रुपमा नयाँ आयाम कायम गर्ने कार्य सविना कार्कीवाट भएको छ। जसवाट पनि समाज–सेवी गायिका सविना कार्की सन्तुष्ट बनेकी छन्। जसलाई तेश्रो नयाँ उपलव्धीको रुपमा लिएकी छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल मंसीर ८ गते आइतवार ।