काठमाडौं। १ सय ११ वटा भन्दा बढी राष्ट्रवाट नेपाललाई शान्ति क्षेत्रको घोषणा समर्थन गराउन सफल अत्यन्त लोकप्रिय राजा वीरेन्द्र सहित राजा वीरेन्द्रको वंश नै नाश हुनेगरी भएको भयानक राजदरवार हत्याकाण्ड भएको थियो।

राजा वीरेन्द्रको वंश नै नाश भएको आज जेठ १९ गते सवैका प्रिय राजा वीरेन्द्रको पुण्यस्मृतिमा राजा वीरेन्द्रको संझना गर्ने कार्य भएको छ। राजा स्व.वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले पनि ललितपुरको जाउलाखेलस्थित राजा वीरेन्द्रको शालिकमा पुगेर स्वर्गवासी राजाको चीरशान्तिका लागि श्रद्धाञ्जली अर्पण गरेका छन्।

राजा वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र प्रस्ताव राख्ने कार्यवाट अत्यन्त प्रभावित राजा स्व.वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष खनालले आज अर्थात जेठ १९ गते नेपालले ठूलो अभिभावक गुमाएको दिन हो भनेर प्रतिक्रिया दिएका छन्। राजा वीरेन्द्रलाई सम्झना गरेर दुई मिनेट मौनधारण गरेर मैनवती वालेर खनालले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राजा वीरेन्द्रका अमर कार्यहरुलाई जनमानसमा ल्याउने आफ्नो प्रतिष्ठानको मूलभूत उदेश्य रहेको पनि अध्यक्ष खनालले भिजन संसार डटकमलाई बताएका छन्। त्यसका लागि अन्वेषण तथा अनुसन्धान कार्य आफ्नो प्रतिष्ठानले गरिरहेको पनि अध्यक्ष खनालले भनेका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।