काठमाडौं। विगत बीसौं बर्षदेखि सामुहिक रुपमा भाइटीका गर्दैआएकी सवैकी दिदी अञ्जली दिदीले यो बर्षको भाइटीकाको दिन आज दिउंसो सार्वजनिक भाइटीका लगाइदिने कार्य गरेकी छन्। काठमाडौंको बसन्तपुर स्थित काष्ठमण्डपको प्रांगणमा पाल टांगेरै भएपनि भाइटीका लगाइदिने कार्य गरेकी हुन्।

आजको भाइटीकामा दिदीबहिनी नभएका १ सय २० जना दाजुभाइहरु रहेको अञ्जली दिदीसंग भाइटीका गरेर फर्केका मेटलाइफ तारा टीमका टीम म्यानेजर ताराबहादुर कसजुले भिजन संसार डटकमलाई बताएका छन्। म्यानेजर कसजुले अञ्जली दिदीसंग निरन्तर हरेक बर्ष भाइटीका गरेको पनि यो बर्षवाट १२ बर्ष पुगेको छ।

दिदीबहिनी नहुनुको पीडाले हरेक बर्षको भाइटीकामा निधार खाली कसैको पनि नहोस् भन्ने पवित्र अभिप्रायवाट निस्वार्थ भाइटीका गर्दैआएकी अञ्जली दिदी आफ्नो मात्र होइन, सवैकी दिदी भएको म्यानेजर कसजुले भनेका छन्। अञ्जली दिदीसंग टीका लाउन थालेदेखि आफू दिदीबहिनी विहिन भनेर कहिले पनि दुःखी हुनु नपरेको भनाई पनि म्यानेजर कसजुको रहेको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक २३ गते शुक्रबार ।