काठमाडौं। कालले छाड्ला तर, तालले छाड्दैन्। त्यसमाथि, सवैको मनको राजा मनराजा नकर्मीको तबलाको तालमा त काल आएपनि अवश्य हार्ने निश्चित छ।

तबलाको तालमा काललाई पनि हराउने यिनै तबलाका महान उस्ताद मनराजा नकर्मीको सम्मानमा मनराजा नकर्मी एकल साँझ २०७५ संपन्न भएको छ। नेपालमण्डल टेलिभिजनको आयोजनामा मनराजा नकर्मी एकल सांझ शनिवार संपन्न भएको हो।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा मनराजा नकर्मी सांझमा आयोजक नेपालमण्डल टेलिभिजनले नकर्मीको सम्मान समेत गरेको छ।

मनराजा नकर्मी सांझमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना बाद्यबादकहरुको प्रस्तुति रहेको थियो। दुर्गालाल श्रेष्ठ, भीमवहादुर नकर्मी, डा.रामविक्रम सिंजापति,डा.कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की,डा।दीर्घसिंह बम, आनन्दरत्न बज्राचार्य,डा.सुनलाला थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका गीत–रचनाहरुमा मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनवहादुर गोपाली, जुजुकाजी रंजित, स्वयम्भुराज शाक्य, निशा देसार, टीका प्रसाई, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरिता शाही, मेनुका पौडेल, प्रकाश तिमल्सिनाका सुमधुर गायनले मनराजा नकर्मी सांझ विशेष बनेको थियो।

नेपाली भाषाका १३ वटा गीति संग्रह, नेपालभाषाका ९ वटा गीति संग्रह, ३ वटा धून संग्रह, ८ वटा चलचित्रका विख्यात संगीतकार नकर्मी रेडियो नेपालका मुख्य संगीत संयोजक पनि हुन्।
प्रकाशन मिति–२०७५ साल माघ ६ गते आइतवार ।