Chhande lai Bhandeकाठमाडौ। नाम गोपाल ढकाल भएतापनि लामो भागको तितो–सत्यमा छन्द मिलाएर बोल्ने कलाकार भएर अभिनय गरेपछि छन्दे उपनाम पाएका हांस्य कलाकार छन्देको नयाँ काम अव युट्युबबाट आउने भएको छ।

नेपालका टेलिभिजनवाट हाँस्य प्रोग्रामहरु प्राय हटिसकेको अवस्थामा युट्युब मार्फत छन्देलाई भन्दे नामक विलकुलै बेग्लै हाँस्य–टकशो प्रोग्राम छन्दे गोपाल ढकालले चाँडै रिलिज गर्ने भएका छन्।

त्यसका लागि संपूर्ण तयारी भैरहेको जानकारी पनि छन्देले दिएका छन्। जसमा सवै विधाका चर्चित व्यक्तिहरुसंग रमाइलो भलाकुसारी गर्ने कार्य छन्देले भन्देमा गर्ने भएका छन्। सवैले मन खोलेर छन्देलाई आफ्ना कुरा भन्ने अपेक्षा छन्देले गरेका छन्।

प्रकाशन मिति–२०७३ साल माघ १५ गते शनिवार ।