नेपाल प्रहरी हरेक क्षेत्रमा मिसिएको घुनको खोजीमा जुटेको छ । घुन, शुद्ध चामललाई विगार्न र कालो बनाउन मिसिएका हुन्छन् । त्यस्तै, निश्चित रकममा प्रमाणपत्र खरिद गरेर प्रतिष्ठित पेशाकै वदनाम गर्ने निकै घुनहरु समाजमा विद्यामान छन् । प्रहरीलाई आशंका छ, नक्कलीहरु डाक्टर, इन्जिनियर पेशामा मात्र होइनन्, आकाशीय उडान क्षेत्रमा समेत रहेको हुनसक्छ । या अन्य क्षेत्रहरुमा पनि । पछिल्लो समय नक्कली प्रमाणपत्रधारीहरुको खोजीमा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।