काठमाडौं। हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा धमाधम नयाँ नयाँ तीजका गीत सार्वजनिक हुने लर्को नै लागेको छ। त्यो लर्कोमा फरक ढंगवाट फरक शैलाीको गजबको लगाउने हो फन्को भाकाको तीज गीतको भिडियो सार्वजनिक भएको हो।

सशक्त महानगर सञ्चारकर्मी चन्द्रमणि भट्टराईको शव्द–रचनामा फन्को लगाउने भाकामा बेग्लै स्वाद पस्केको छ। सवै दुःख तथा पीर अनि मर्कालाई विर्सेर पारिवारिक वातावरणमा परिवारमाझ रमाइलो पाराले खिचिएको गायिका सोना अमात्यले भाका हालेको लगाउने हो फन्कोमा गायिका अमात्यका साथमा गीतकार भट्टराईले पनि आफ्नै जीवन संगीनीलाई तीजको दर खुवाएर फन्को मारेको रमाइलो दृश्य रहेको छ।

तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथावस्तु रहेको लगाउने हो फन्कोमा गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ। जसमा गायिका सोना अमात्य तथा गीतकार चन्द्रमणि भट्टराईका साथमा शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायतका कलाकारहरुको बेजोड अभिनय छ। डेनी निरौलाको संगीत रहेको छ।

प्रकाशन मिति–२०७९ साल साउन १६ गते सोमवार ।