Sankhu banda

काठमाडौँ। शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै बुधवार साँखु बन्द भयो। बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण विशेषत सालीनदी मेला भर्न आएका यात्रुहरु बढी मर्कामा परे।

स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै बुधवार साँखु बन्द गरिएको हो।

बुधवारको बन्दमा ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै शङ्खरापुर भएर चल्ने सवारी साधन पसल सबै बन्द गरिएको थियो।

बन्दले सिन्धुपाल्चोकको मेलम्ची चल्ने सवारी साधन आगमनमा समेत समस्या परेको थियो । बन्द गराउँदै हिँडेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रकाशन मिति–२०७३ साल माघ २६ गते बुधवार ।