नुवाकोट। नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

सांसद मैनालीले लिखु गाउँपालिका वडा नंवर ६ मा रहेको नेबुला स्कुलमा अध्यनरत छात्र छात्राालाई निशुल्क अध्यापन गराउनको लागि आफुले पाउने संसद सुविधाबाट रू पचास हजारको चेक प्रदान गरेका हुन। सांसद मैनाली उक्त चेक विद्यालय संचालक अर्जुन लामिछानेलाई हस्तान्तरण गरेका छन्।

समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका सासंद मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयोबृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन्। लामिछानेलार्इ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए। गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका हुन।

त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गरेका थिए। सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आर्इरहेका छन्।
प्रकाशन मिति–२०७६ साल असोज ४ गते शनिवार ।