nepali-sansad

काठमाडौ। नेपालको व्यवस्थापिका संसदले सांसदहरुको तलब भत्ता बढाउने सम्बन्धि विधेयक पारित गरेको छ। आइतबार बसेको संसद वैठकले पारित गरेको विधेयक अनुसार अब सांसदहरुको मासिक तलब भत्ता अब मासिक कम्तिमा १ लाख २४ हजार हुने भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको विधेयकलाई बहुमतले स्वीकृत गरेको हो। नयाँ व्यवस्थाअनुसार सांसदहरुले ५५ हजार २३० रुपैयाँ पारिश्रमिक पाउने छन्।

यस्तै विशेष भत्ता १ हजार, बैठक भत्ता प्रतिदिन ५ सय, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १८ हजार र फर्निचर खर्च १५ हजार पाउने छन्। त्यसैगरी सांसदहरुले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रति दिन २ हजार ५ सय तथा बिजुली पानी भत्ता २ हजार पाउने भएका छन।

सांसदहरुले यो बढेको सुविधा पाउन भने अर्को आर्थिक बर्षसम्म पर्खनु पर्नेछ।
प्रकाशन मिति–२०७३ साल मंसीर ५ गते आइतवार ।