Usha Gurnung with Anju Panta
Usha Gurnung with Anju Panta

काठमाडौ। नेपालको व्यवस्थापिका संसदको सांसद उषा गुरुङ्ग पनि यतिखेर गीतकार बनेकी छन्। सानैदेखि गीत लेख्दैआएकी गीतकार सांसद उषा गुरुङ्गको गीत बल्ल आएर रेकर्ड भएको छ। पिडा जति नै होस् कि…साटिन्न कोहीसंग साटेर बोलको गीत रेकर्ड भएको हो।

Usha Gurung's Record 3जिन्दगीमा त्यति धेरै गीत लेखेतापनि रेकर्ड गर्ने जाँगर नचलाएकी गीतकार सांसद उषा गुरुङ्गको गीतमा नेपालकी ख्यातिप्राप्त गायिका अञ्जु पन्तले स्वर दिएकी छन्। संगीत किरण पहाडीको रहेको छ।

निकट भविष्यमा गीति–एल्वम नै निकाल्ने टार्गेट गरेर गीत रेकर्डिङ्ग गरेको सांसद गुरुङ्गले भिजन संसारलाई भनेकी छन्। एल्वमको नाम प्रकाश किरण राखिएको पनि सांसद गुरुङ्गले भनेकी छन्। सामाजिक क्षेत्रमा अत्यन्त सक्रिय सांसद गुरुङ्ग समाजसेवी समेत हुन्।

Usha Gurung's Record 2प्रकाशन मिति–२०७४ साल भाद्र १८ गते आइतवार ।