काठमाडौं। रतनपुर बाराका विराज माझी यतिखेर काठमाडौंमा नयाँ साइबाबा भन्न थालिएको छ। साइबाबाको जस्तो ज्ञान, चमत्कार तथा खुवी अनि महानताको कारण नभइकन साइबाबाको जस्तो एकाएक चम्किएको कपालले हो।

साइवावाको जस्तो कपाल दुई बर्षयता बृद्धि भएयता विराज माझीलाई प्राय देख्ने सवैले नयाँ साइवावा भन्ने गरेको छ। कतिले विराज माझीलाई देख्नासाथ र भेट्नासाथ उनीसंगै सेल्फी लिनेको कमी छैन्। २० बर्षे विराज माझीको कपाल एकाएक कसरी साइवावाको जस्तो हुन पुग्यो–उनलाई केही थाहै छैन। सवैले साइवावा भन्न थालेपछि विराज माझीलाई पनि साइवावाको मोह बढ्न थालेको हो।

साइवावा जस्तै बन्न मन लागेको छ। तर, गरीब कुलमा जन्मेको कारण काठमाडौंको कालिमाटीमा घर–घरमा जारको पानी पुर्याउने कार्यमा आफू व्यस्त बनिरहेको विराज माझीले भिजन संसार डटकमसंगको भिडियो वार्तामा भनेका छन्। हप्ताको तीन पल्ट नुहाउने गरेका विराज माझी साइवावाको जस्तो कपालको स्याहार गर्न मात्र तीन प्याकेट स्याम्पु प्रत्येक पल्ट लाग्ने गरेको वताउंछन्।

कपालमा स्याम्पु लगाउने वाहेक अरु आफूले केही नगरेको र कपाललाई दैविय चमत्कारका रुपमा लिन्छन्। पढाई पनि खासै गर्न नसकेको वताउने कक्षा १० सम्म मात्र मुश्किलले पढे्को बताएका छन्। भविष्यको लक्ष्य भनेको साइवावाको आश्रम खोलेर बस्ने विराज माझीको लक्ष्य रहेको छ।

प्रकाशन मिति–२०७७ साल असार १३ गते शनिवार ।