काठमाडौं। इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यले साईप्रसको दुई दिने औपचारिक भ्रमण गरेकी छन्। राजदूत डा.शाक्य साईप्रसको समेत राजदूत भएको कारण साईप्रस भ्रमण गरेर नेपाल र साईप्रस वीचको मित्रतालाई अझ दरिलो वनाउने कार्य गरेकी हुन्।

भ्रमणका सिलसिलामा राजदूत डा.शाक्यले साईप्रसका कार्यवाहक राष्ट्रपति Ms. Annita Demetriou संग समेत साईप्रसको राजधानी निकोशियामा भेटघाट गरेकी छन्। भेटघाटका क्रममा नेपाल – साईप्रस संसदीय मैत्री समूह तथा साईप्रस – नेपाल संसदीय मैत्री समूह निर्माणको लागि तत्काल पहल गर्ने, उच्चस्तरीय भ्रमण आदान–प्रदान गर्ने तथा वैदेशिक रोजगारी, शिक्षा, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा सम्बन्ध विस्तारका दिशामा काम गरी द्विपक्षीय सम्बन्धलाई पुनर्ताजगी प्रदान गर्ने सम्बन्धमा विशेष छलफल भएको राजदूत डा.शाक्यले भिजन संसार डटकमलाई जानकारी दिएकी छन्।

त्यस्तै, राजदूत डा.शाक्यले साईप्रसका Minister of Interior H. E. Minister of Interior, Minister of Labor र Minister of Education समेत छुट्टाछुट्टै भेट गरेकी थिइन्। साईप्रसका रक्षा मन्त्री Charalambos Petrides सँग समेत नेपालीहरुका समस्याहरु राख्ने कार्य राजदूत डा.शाक्यवाट भएको थियो। साईप्रसमा नेपालीहरुको संख्या बढ्दै जाँदा स्वभाविक रुपमा समस्याहरु समेत बढ्दै गएकोले समस्या समाधानका उपायहरु पहिल्याउन  राजदूत रहेकी डा.शाक्यले सम्बन्धित कार्यकारिणीहरुसँग भेटघाट गरेकी हुन्।

राजदूत डा.शाक्यले Minister of Interior H. E. Nicos Nouris सँगको भेटघाटका क्रममा साईप्रसमा रहेका नेपालीहरुको हकहित तथा सुरक्षाका सम्बन्धमा कुराकानी गरेकी थिइन्। मन्त्रीले साईप्रसमा पछिल्लो समय देखिँदै आएका समस्याहरु सम्बोधनका लागि आफूले पहल गर्ने विश्वास् दिलाएका थिए।

त्यसैगरी राजदूत डा.शाक्यले साईप्रसकाMinister of Labor and Social Insurance Ms. Zeta Emilianidou सँग दोश्रो पटक भेटघाट गरेर साईप्रसमा कार्यरत नेपालीहरुको श्रमको सुनिश्चितता, मौजुदा तलबमानमा बृद्धि, Social insurance लगायतका सवालहरु उठाएकी थिइन्। Minister of Interior र Minister of Labor सँगको भेटसँगै दुबै मन्त्रालयसँग सम्बन्धित विषयहरुलाई एकत्र गरी नेपाल ( साईप्रसबीच सरकारी स्तरमा (G to G) श्रम सम्झौता गर्ने सहमति भएको छ।

यसैगरी साईप्रसका Minister of Education, Culture, Sports and Youth Mr. Prodromos Prodromouसँगको भेटघाटका क्रममा राजदुत डा. शाक्यले साईप्रसमा अध्ययनरत नेपाली विद्यार्थीहरुका समस्याहरुवारे कुरा राखेकी थिइन्। डा.शाक्यले खासगरी विद्यार्थीहरुलाई सुरक्षा, यथेष्ट part time job लगायत विभिन्न अवसर उपलब्ध गराइदिन तथा देखिएका समस्याहरु समाधानका लागि मन्त्रीसमक्ष अनुरोध गर्ने कार्य भयो। नेपाल – साईप्रस सरकारबीच Education, Culture, Sport and Youth का क्षेत्रमा पनि सम्झौता गर्ने सहमति भएको छ।

राजदूत डा.शाक्यले परराष्ट्र मन्त्रालयका Asia and Oceania महाशाखाका प्रमुख Mr. Theodoros Forides तथा कन्सुलर महाशाखाका प्रमुख Mr. Dimitris Hatziargyrou सँग भेटघाट गरेर उपरोक्त सम्झौताहरु अगाडि बढाउने लगायतका समग्र विषयहरुमा आवश्यक समन्वय गरिदिन आग्रह समेत गरेकी थिइन्।
प्रकाशन मिति–२०७८ साल असोज १० गते आइतवार ।