Saudi Nepali Ambassador Anand Prd Sharmaकाठमाडौ। साउदी अरबका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्मालाई दूतावास कक्षमा नै विहीवार छुरा प्रहार भएको छ।

कार्यवाहक राजदूत शर्मालाई साउदीको समयअनुसार विहान ११ बजे दूतावासमा नै आश्रय लिएर बसेका सुनसरीका लक्ष्मनवहादुर राईले शर्माको कार्यकक्षमा गएरै छुरा प्रहार गरेको दूतावासले जनाएको छ। छुरा प्रहारवाट घाइते बनेका राजदूत शर्मालाई तत्काल अस्पताल लगिएको थियो।

छुरा प्रहार गर्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते राजदूत शर्मा अस्पतालमा उपचार पश्चात विहीवार साँझ नै डिस्चार्ज भएका छन्। दूतावासका व्दितीय सचिव विजय राउतका अनुसार राजदूत शर्माको काँध र मुखमा टाँका लगाइएको छ। राजदूत शर्माको अवस्था सामान्य रहेको छ।

दूतावासका अनुसार राजदूतलाई छुरा प्रहार गर्ने राई मानसिक रोगी हुन्। दूतावासकै पहलमा केही दिनमा नै राईलाई नेपाल पठाइने व्यवस्था गरिदैगर्दा त्यसप्रकारको घटना घटेको हो।
प्रकाशन मिति–२०७३ साल बैशाख ३ गते शुक्रबार ।