काठमाडौं। रोजगारीको सिलसिलामा दुई बर्ष साउदीमा बसेर आएका पाँचथरका विनोद कार्कीको दुवै किड्नी फेल भएको पनि बर्षौ भैसकेको छ।

हाल काठमाडौंको गोगंबु बसोबास गर्ने कार्कीले साउदीमा दुई बर्ष बसेर कमाएका सवै पैसा किड्नीको उपचारमा नै खर्च भैसकेको छ। स्वयम्भूको मनमोहन अस्पतालमा नियमित रुपमा डायालोसिस गर्दैआएका कार्की परिवारलाई जारी लकडाउनले त अझ बेहाल बनाएको छ।

कार्कीका पत्नी गीता कार्कीले आफूहरु सरकारले उपलव्ध गराएको केही राहत तथा अपाङ मैत्री नेपालका अध्यक्ष काजिलाल श्रेष्ठको सहयोगवाट प्राप्त भएको केही राहतले जेनतेन निभेको चुल्हो बाल्दैआएको बताएकी छन्।

श्रीमानको उपचारमा आफूहरुको जायजेथा सवै सकिसकेको र बेखर्ची नै बनिसकेको पनि भिजन संसार डटकमको भिडियो वार्तामा बताएकी छन्। Call for Help-9841996734 & 9825318698

प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।