काठमाडौ। साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको हो।

असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा थिए। दुर्घटनाको कारण भने नखुलेको बताइएको छ।

दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन्। सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उनलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए। (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक २० गते सोमवार ।