काठमाडौ। साउदी सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमार पक्राउ परेका छन्। साउदी सरकारले राजपरिवारलाई उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्ट्याउनु पर्ने मागसमेत गरेका छन्।
साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ।

पक्राउ परेकाहरुमाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको भन्दै मुद्दा दायर गर्ने तयारी सरकारले गरेको छ। साउदी सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्नुका साथै केही खाद्यान्नसहितका सामग्रीमा ५ प्रतिशतले कर बढाएको छ।

(समाचार एजेन्सीको सहयोगमा )
प्रकाशन मिति–२०७४ साल पुष २३ गते आइतवार ।