काठमाडौं। पचासको दशकवाट निक्कै चर्चामा आएकी गायिका आभा मुकारुङलाई कता हिडे्को कसलाई खोजेको गीतले जति चर्चामा ल्यायो। त्यस्तै चर्चा साउने झरीले रुझायो साइँला ज्यानै भिजायो साइँला मुटु नै चिस्यायो बोलको अर्को गीतले पनि चर्चामा ल्याएकै हो।

यी दुवै गीतको भिडियोमा भने गायिका आभा मुकारुङलाई पाउन सकिन्न। दुवै गीतका भिडियोमा कलाकारका मन छुने अभिनयवाटै आभा मुकारुङलाई खोजीको विषय बनाएको छ। डेढ बर्षदेखि नेपाल वाहिर अमेरिका बस्दैआएकी गायिका आभा मुकारुङ आफू त्यसरी खोजीको विषय बन्दा खुशी लागेको भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्।

परदेशमा बसेर पनि नेपाली गीत संगीतको सिर्जनामा व्यस्त आभा मुकारुङको साउने झरीले रुझायो साइँला ज्यानै भिजायो साइँला मुटु नै चिस्यायो बोलको गीतको भिडियोमा नायक धीरेन शाक्य र नायिका मेलिना मानन्धरको मन छुने अभिनय रहेको छ। विसं.२०६४–०६५ सालतिर निर्माण गरेको यस भिडियोका निर्देशक मिलन चाम्स हुन।

गीतको शव्द गायिका आभा मुकारुङकै काका जितेन्द्र चेम्जोङको रहेको छ भने, संगीत हेमन्त चेम्जोङले दिएका हुन। त्यस्तैगरेर, संगीत संयोजन फणिन्द्र राइले गरेका हुन। जति समय वित्दैगयो त्यति मार्मिक बन्दैगएको यो गीतको भिडियोमा अभिनय गर्ने नायक धीरेन शाक्य तथा नायिका मेलिना मानन्धरको गीतको भिडियो अभिनय करियरकै टर्निङ प्वाइन्ट मानिएको छ।

अहिले सावने झरिको समय सुरुहुदै गर्दा मैले पनि धेरै गीतलाई सम्झिएको छु भनेर गायिका आभा मुकारुङले भनेकी छन्। यो सृजनासंग सम्बन्धित सबै आदर्णिय ब्यक्ति–ब्यक्तित्व अनि त्यो समय संघर्षलाई पनि परदेशमा बसेर संझिरहेको जानकारी पनि गायिका आभा मुकारुङले दिएकी छन्।

प्रकाशन मिति–२०७७ साल जेठ ३१ गते शनिवार ।