काठमाडौं। साउन महिनालाई हरियो महिनाको रुपमा पनि हिन्दू संस्कार अनुरुप लिइने गरेको छ। बर्षाको कारण सारा जगत नै हरियाली नै हुने भएको कारण हरियो महिनाको रुपमा साउनलाई लिइने गरेको हो।

त्यसमाथि, साउन महिनाको पहिलो सोमवार अझ महत्वपूर्ण मान्ने गरिएको छ। यसदिन हिन्दू धर्माबलम्वीहरुले शिव मन्दिर गएर पूजाआजा गर्ने चलन रहेको छ। आज साउनको पहिलो सोमवार भएको कारण पशुपतिनाथ लगायत विभिन्न शिवालय तथा गणेश मन्दिरहरुमा हिन्दू धर्माबलम्वीहरुको भीड लागेको थियो।

तर, कोभिड–१९ को महामारीको कारण पशुपतिनाथ लगायतका प्राय सवै शिवालयहरु बन्द भएको कारण मन्दिरको ढोकैवाट भएपनि भक्तजनहरुले पूजाआजा गरेका थिए। साउन महिनाका चार सोमवार हिन्दू महिलाहरु आफ्नो मनोकाँक्षा पूरा होस् भनेर ब्रत बस्ने प्रचलन रहेको छ। यो बर्ष साउन महिनामा पाँच सोमवार परेको छ। जसको कारण पनि यो बर्ष साउने सोमवारको अझ महत्व भएको मानिएको छ।

 

Photo-Kantipur                      प्रकाशन मिति–२०७८ साल साउन ४ गते सोमवार ।