काठमाडौ। गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न काठमाडौउपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले काठमाडौँ, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर चलाउन रोक लगाउन निर्देशन दिएका छन्।

यो व्यवस्था यही साउन १ गतेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल असार २८ गते विहीवार ।