काठमाडौं। नेपालमा आयोजित १३औं दक्षिण एसियाली खेलकूद(साग)मा भारतले प्रतियोगिताको पाँचौ दिनसम्म आइपुग्दा भारतले स्वर्ण संख्या ६२ वटा पुर्‍याएको छ।

बिहीबार साँझ सात बजेसम्मको नजिता अनुसार त्यस्तै रजत ४१ वटा र २१ वटा कास्य जितेर पदकमा शतक पुर्याएको छ। स्वर्ण, रजत र कास्य गरी कुल १ सय २४ वटा पदक भारतले हातपारेको हो। १३ औं सागमा एक सय पदक जित्ने भारत पहिलो देश बनेको छ।

तालिको दोस्रो स्थानमा नेपाल छ। बिहीबार साँझसम्मको नतिजा अनुसार नेपालको ३६ स्वर्ण छ। त्यस्तै २७ रजत र ३८ कास्य छ। नेपाल पनि कुल पदकको शतक तालिकामा पुगेको छ। हाल नेपालको कुल पदक ९६ पुगेको छ।

तालिकाको तेस्रो स्थानमा रहेको श्रीलंकाको कूल पदक १ सय १ रहेको छ। श्रीलंकाले १७ वटा मात्रै स्वर्ण जितेको छ। रजत ३५ र कास्य भने सबै भन्दा धेरै ५५ वटा जितेका छन्। तालिकाको चौथो स्थानमा पाकिस्तान रहेको छ।

पाकिस्तान १५ वटा स्वर्ण, २३ रजत र २४ कास्य सहित तालिकाको पाँचौ स्थानमा रहेको हो। पाकिस्तानले बिहीबारबाट स्वर्ण संख्यामा पनि सुधार गरेको छ। पाकिस्तानको कुल पदक ६२ वटा छन्। बंगलादेश पनि स्वर्ण पदक जित्न प्रतिस्पर्धा गरिरहेको छ।

बंगलादेशको स्वर्ण संख्या ४ वटा रहेको छन्। त्यस्तै रजत संख्या ११ र कास्य संख्या ४५ वटा रहेको छ। बंगलादेशको कूल पदक ६० रहेको छ। यता माल्दिभ्स र भूटान भने पदकको लागि निकै संघर्ष गरिरहेका छन्। माल्दिभ्सले १ स्वर्ण जितेको छ। तर रजतमा भने कुनै पनि पदक जितेको छैन। त्यस्तै कास्यमा पनि जम्मा २ मात्रै पदक जितेको छ।

यता भूटानले स्वर्णमा खाता नै खोल्न सकेको छैन। त्यस्तै भूटानले रजत पनि जित्न सकेको छैन। भूटानको कास्यपदक भने ६ वटा रहेका छन्।
प्रकाशन मिति–२०७६ साल मंसीर १९ गते विहीवार ।