काठमाडौं। हरेक छोरा–छोरीको सफलतामा प्रत्येक बुवा–आमाका गौरबता लुकेका हुन्छन्। त्यो गौरबतामा कतिबेला आँखावाट त्यसै–त्यसै मनभरिएर आँशु छछल्किने गर्दछ।

त्यस्तै घटनाको प्रत्याभूति करातेका खेलाडी सुनिता महर्जनले १३ औं एशियाली खेलकुद (साग)मा मंगलवार स्वर्णपदक जितेपछि भयो। छोरीको खेल हेर्न पुगको सुनिताका बृद्ध पिताले छोरीले करातेमा स्वर्ण पदक जितेर आउंदा आँखामा आँशु छछल्कियो।

त्यसमाथि, छोरी आफै हर्षको आँशु खसाल्दै रोएपछि ती बृद्ध पिताको मन थामिएन। नथामिएको मनवाट छोरीको बुवा हुनुको गौरबता पोखिरहेका सुनिताका बृद्ध पिता र सुनिता यतिखेर भाइरल बनिरहेका छन्। सागमा मंगलवार भएको कराते खेलको प्रतिस्पर्धामा पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन्।

नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा भाग लिएकी थिईन। २७ वर्षीया सुनिता काठमाडौं मनमैजुमा जन्मी–हुर्केकी हुन्। हाल उनी सीतापाइलामा बस्ने गरेकी छन्। सुनिता सात वर्षअघि ९ महिने तालिम पूरा गरेर नेपाल प्रहरीमा प्रवेश गरेकी हुन्। करातेमा नेपाल प्रहरीको कुशल खेलाडीको रुपमा सुनितालाई चिन्ने गरेको छ।


प्रकाशन मिति–२०७६ साल मंसीर १७ गते मंगलवार ।