Page No.5- Sports- SAAG game 1काठमाडौं । साग र बंगबन्धु कप जित्ने फुटबल टोलीका सदस्यहरुले जनही १०–१० लाख पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बैठकले बंगबन्धु कप जित्ने टोलीका प्रत्येक सदस्यलाई ५–५ लाख र सागमा स्वर्ण जित्ने टोलीका प्रत्येक सदस्यलाई ५–५ लाख दिने निर्णय गरेको छ।

यो निर्णय अनुसार २० फुटबलरले १०–१० लाख पाउनेछन् । उनीहरु साग र बंगबन्धु दुबैमा थिए । यसरी १०–१० लाख पाउनेमा गोलकिपर विकेश कुथु, एलन न्यौपाने र अमृत चौधरी छन् । डिफेण्डरहरु आदित्य चौधरी, अनन्त तामाङ, कप्तान विराज महर्जन, दिनेश राजवंशी, मानबहादुर तामाङ र कमल श्रेष्छ भने भने मिडफिल्डर विक्रम लामा, विशाल राई, मेहन गुरुङ, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी छन् ।

यस्तै फवार्ड अन्जन विष्ट, विमल घर्ती मगर, नवगुय श्रेष्ठ, रन्जन विष्ट, सुनिल बल र सुमन लामा छन् । बंगबन्धु कप मात्र खेलेकाले जङ्गु शेर्वा, रविन श्रेष्ठ र तेल तामाङले भने ५–५ लाख पाउने भएका छन्। बंगबन्धुमा नेपाली टोलीको प्रशिक्षक बालगोपाल महर्जन र गोलकिपर कोच उपेन्द्रमानसिंह थिए भने सागमा राजुकाजी शाक्य प्रशिक्षक र म्रिगेन्द्र मिश्र गोलकिपर प्रशिक्षक थिए । एन्फाले सागमा उपविजेता बनेको महिला फुटबल टोलीका प्रत्येक सदस्यलाई १–१ लाख दिने निर्णय गरेको छ ।
प्रकाशन मिति–२०७२ साल चैत्र २४ गते बुधवार ।