–सुनकुमार अवाल
काठमाडौ। भारतबाट आयातित तरकारी तथा फलफूलमा अत्याधिक रासायानिक बिषादीको अवशेष देखिएसंगै साझा विवेकशील पार्टी काठमाडौँ जिल्लाले उपत्यका केन्द्रित तरकारी र फलफूल बिशेष अभियान शुरु गरेको छ ।

यस अभियान अन्तर्गत तिनै तहको सरकारलाई विषादीको अवशेष रहित तरकारी आयात गर्नको लागि प्रयोगशाला सुचारु गर्न तथा विना चेकजाँच आयात नगर्न दबाब दिने, नीतिगत छलफलरबहसको निचोड सरकारलाई बुझाउने तथा चेतनामूलकरजानकारीमुलक कार्यक्रम टोल–टोलमा संचालन गर्ने तय भएको हो।

कोटेश्वर–३२, दीपनगरमा भान्छामा बिषादि रहित तरकारी प्रयोग कसरी गर्ने, भान्साको फोहोरलाई सजिलोसँग कसरी मल बनाउने र कौसी खेती कसरी गर्न सकिन्छ भन्ने बारे निःशुल्क तालिम संचालन भएको छ । भान्छा भित्रै फोहोर ब्यबस्थापन र मल निर्माणको लागि बनेको स्मार्ट बिनलाई सबैले मनपराएका थिए। सजिलो हिसाबले रासायनिक बिषादी मुक्त हुने घरेलु बिधि तथा ग्रो ब्यागमा गरिने कौसी खेतीले सबैले ध्यान खिचेको थियो।

करीब ५० जना सहभागी यस तालिममा ४० जना गृहणी महिला, ५ जना किशोर–किशोरी तथा ५ जना पुरूष सहभागी हुनुहुन्थ्यो । सो तालिममा साझा पार्टीका काठमाडौँ महानगर संयोजक धनेज थापाले स्वयंले श्रोत ब्यक्तिको रुपमा तालिम संचालन गरेका थिए। सो कार्यक्रममा उपस्थित दीपनगर टोल सुधार समितीका सचिब दिलिप अधिकारीले अभ्यासमा आधारित तालिम निकै नै उपयोगी रहेको बताए।

त्यस्तै निखिलेश्वर महादेव मन्दिरका उपाध्यक्ष नानीकाजी सिलवालको पनि यस्ता चेतनामुलक कार्यकर्म राज्यस्तरबाटै गर्नुपर्ने कुरामा जोड थियो ।
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।