काठमाडौ। विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको सोमवारवाट प्रारम्भ भएको छ।

सातौ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले क्षमापूजा गरेर पुनःनिर्माण शुभारम्भ गरेका हुन्।

अध्यक्ष शाक्यका अनुसार अब करिब चार महिना पुनःनिर्माणका लागि आवश्यक पर्ने सामग्री तयार गरिने र चार महिनापछि निर्माणको काम शुरु हुने भएको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख ३१ गते सोमवार ।