ललितपुर। नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले सातौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार काभ्रेका पत्रकार रमा कर्णजित (ताम्रकार)लाई नगद १५ हजार राशी सहित प्रदान गरिएको छ।

धर्मादित्य धर्माचार्यको जन्मस्थल ललितपुरको चिकंबहिलमाआयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो। नेपालीभाषाको पत्रकारितासंगै आफ्नै सम्पादक र प्रकाशनको रुपमा नेपाल भाषाको मासिक पत्रिका दलुचा नियमित प्रकाशन गरी नेपाल भाषाको पत्रकारिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएकोमा उच्च कदरसहित उक्त पुरस्कार प्रदान गरिएको हो।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष सागर महर्जनको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेवाःदेय दबूको अध्यक्ष पबित्र बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो।
प्रकाशन मिति–२०७९ साल जेठ १ गते आइतवार।