काठमाडौं। काठमाडौंको गौरब तथा शानका रुपमा रहेको इन्द्रजात्रा आज मंगलवारवाट शुरु भएको छ। हनुमानढोकाको कालभैरव मूर्तिअगाडि इन्द्रध्वजासहितको लिंगो अर्थात यँसी ठड्याइएपछि इन्द्रजात्रा शुरु भएको हो।

आजवाट काठमाडौंमा सात दिनसम्म इन्द्रजात्रा शुभारम्भ भएको छ। इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रदेशसभाका सांसद डा.अजयक्रान्ति शाक्य, राजेश शाक्य, संपदाविद शैलेश शाक्य लंगबरेजु लगायतको विशेष सहभागिता र उपस्थिति रहेको थियो।

 

प्रकाशन मिति–२०७६ साल भदौं २४ गते मंगलवार ।