काठमाडौं। बाउको सपना र आमाको मेहनतमा हरेक छोराछोरीको सफलता लुकेको हुन्छ। अझ बाउले देखेको सपनालाई पूरा गर्ने अनि आमाको मेहनतलाई सार्थक पार्ने छोराछोरीको कर्तव्य पनि हो।

यही कर्तव्यलाई पूरा गर्ने कार्य नेपाल वाहिर परदेश टर्कीको स्तानबुलवाट मिना लामाले गरेकी छन्। नौ बर्षको उमेरमा आमासंगै टर्की पुगेकी मिना लामाको कथा सहज थिएन। अत्यन्त कठिन थियो। आमा काली लामाले टर्कीमा गरेको मेहनत तथा संघर्षको कारण त्यहाँ जम्न मिना लामा हिजोआज सफल बनेकी छन्।

मिना लामालाई त्यो सात बर्षको सानो उमेरमा बुवा ग्याल्जा लामाले छोरी तिमी ठूला बनेपछि कलाकार बन्नु पर्दछ भनेको त्यो शव्द अझैपनि मिना लामाको कानमा घरीघरी गुञ्जने गरेको छ। त्यही बुवाको कलाकार बन्नु भन्ने शव्दवाट प्रेरित बनेर कलाकार बनेकी मिना लामाको यर्थाताभित्रको मार्मिकता गंभीर रहेको छ। प्राणभन्दा प्यारो कलाकार बन्न उत्प्रेरित गर्ने मिना लामाको पिताको अल्पायुमा नै दुःखद निधन भएपछि मिनाको परिवारमा पहाड नै खसेको थियो।

त्यो गंभीर पहाडलाई पनि उचालेर मिनाकी आमा काली लामाले आत्मसात गरेर संघर्षको बिगुल फुकेकी थिइन्। नेपाल बाहिर सात समुद्रपारि टर्कीमा पिताको देहान्त पश्चात आमासंगै नौ बर्षको उमेरमा मिना लामा पनि पुगेकी थिइन्। यतिखेर २० बर्षको उमेरमा पुगिसकेकी मिना लामाले आमाको त्यो संघर्षको कथालाई भुलेकी छैनन्। मेहनतलाई आत्मसात गर्न पछि परेकी छैनन्। यसकारण आफूलाई बाउको सपना र आमाको मेहनतले बनेकी कलाकार भनेर परिचय दिन कहिले पनि पछि पर्ने गरेकी छैनन्।

कोरोनाको महामारीको कारण नेपालमा गत चैत ११ गतेवाट लकडाउन शुरु हुनुअघि नै बाउको सपना पूरा गर्न कलाकार बन्न नेपाल आएकी मिना लामाले एक बर्ष संघर्ष नै गर्नु प¥यो। बुवा ग्याल्जो लामा जस्तै महान डान्सर बन्ने सोचले काठमाडौंको पुतलीसडक कमलादीमोड स्थित नेपालको नंबर एक नृत्य तथा संगीत विद्यालय साधना कला केन्द्रमा भर्ना भएर अग्रज नृत्य निर्देशक भुवन श्रेष्ठसंग डान्सको स्पेशल क्लास लिएकी थिइन्।

अग्रज नृत्य निर्देशक भुवन श्रेष्ठको विशेष डान्स प्रशिक्षणवाट प्रशिक्षित बनेर छोटो समयमा कुशल डान्सर बनेकी मिना लामाले विभिन्न डान्स कार्यक्रमहरुमा पनि कुशलता प्रदर्शन गरिसकेकी छन्। त्यसको अलावा दशैं–तिहार संवन्धी यथार्थपरक एक गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन्। यसवीचमा विभिन्न म्युजिक भिडियो तथा फिल्मवाट पनि मिना लामालाई अफर आएको पनि हो।

मिना लामाको स्तानबुलमा पढाई अझै जारी भएको कारण पढाईका लागि नै टर्की फर्कन हतार भएको कारण अफरलाई तुरुन्तै स्वीकार गर्न नसकेको हो। टर्कीको पढाइ सकाएर केही महिना पश्चात नेपाल फर्केर कलाकारितामा निरन्तरता दिने सोच मिना लामाले गरेकी छन्।

टर्कीवाट नेपाल आएको लगतै विश्वविख्यात नेपाली फोटोग्राफर च्याङ्बा लामासंग मिना लामाले फोटोसुट गरेकी थिइन्। मिना लामाको लुक्स र बडी ल्याङ्वेजले नै कलाकार तथा मोडल बनाएको तर्क फोटोग्राफर च्याङ्बा लामाको रहेको छ। नेपाली कलाकारिता तथा मोडलिङमा निरन्तरता दिएर अगाडि बढ्ेमा मिना लामाको भविष्य उज्ज्वल देखेको र बाउको सपना पूरा गर्ने र आमाको मेहनतलाई सार्थकता प्रदान गर्ने निश्चित भएको पनि फोटोग्राफर च्याङ्बा लामाको भनाइ छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल मंसीर २२ गते सोमवार ।