Sollar light in street 3काठमाडौ । नेपाल सरकारले देशभरका महानगरपालिका तथा नगरपालिका क्षेत्रका सात सय किलोमिटर सडकमा सोलार जडान गरेर सोलार बत्ती बाल्ने भएको छ।

स्थानिय विकास मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम थालिएको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री कमल थापाले यो आर्थिक वर्षमा सरकारको एक अर्ब रुपैयाँ र स्थानीय निकाय र जनताको ४२ करोड गरी जम्मा एक अर्ब ४२ करोड रुपैयाँको लगानीमा सडकमा सौर्य बत्ती जडान गरिने जानकारी दिए । यसका लागि प्रारम्भिक चरणमा झण्डै १० हजार पोल निर्माण गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।

Sollar light in street 1

सरकार, स्थानीय निकाय र जनताको साझेदारीमा एक महिनाभित्रै सौर्य बत्ती जडान थालिने र पहिलो चरणमा महानगरपालिकाका सडकहरुमा सौर्य बत्ती जडान गर्ने तयारी गरिएको छ। महानगरपालिका क्षेत्रमा सरकारले ६० प्रतिशत, स्थानीय निकायले २५ प्रतिशत र उपभोक्ताले १५ प्रतिशत लागत बेहोर्ने गरी कार्यक्रम संचालन गर्न लागिएको हो।

Sollar light in street 4

उपमहानगरपालिकामा सरकारले ६५ प्रतिशत, स्थानीय निकायले २० र उपभोक्ताले १५ प्रतिशत र अन्यमा सरकारले ७० प्रतिशत, स्थानीय निकायले १५ प्रतिशत र जनताले १५ प्रतिशत लागत बेर्होने गरी सौर्य सडक बत्ती जडान गर्न लागिएको हो। सौर्य बत्ती जडानपछि प्राधिकरणको मूल ग्रिडबाट प्रयोग भइरहेको करिब ६ मेगावाट विद्युत बचत हुने अपेक्षा गरिएको छ ।
प्रकाशन मिति–२०७२ साल माघ १७ गते आइतवार ।