काठमाडौं। साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ को विजेता रुपा सापकोटा बनेकी छन्। नेपालको नंवर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रव्दारा आयोजित साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ वाट सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै ललितपुरकी रुपा सापकोटा प्रथम बनेकी हुन।

विजयी प्रतिभावान सापकोटालाई नगद २५ हजार सहित साधना कला केन्द्रको एक बर्षको ब्रान्ड एम्बास्डरको रुपमा पुरस्कृत गरिएको छ। त्यसैगरेर, ममता तामाङ फस्ट रनरअप र मञ्जिल श्रेष्ठ सेकेण्ड रनरअप बनेका थिए।

यस्तै, जुरी अवार्ड बिजेता जिग्मे छ्योकी घिसिङ, कन्सोलेसन प्राईजबाट बिमल रुसाल र निशान्त रत्न तुलाधर, पब्लिक च्वाईस अवार्डबाट सुमन शाक्य, पपुलारिटी अवार्डबाट रोबिन्सन कँसाकार, एड्माईरेसन अवार्डबाट दिपाली सोनी, चाईल्ड आर्टिष्ट अवार्डबाट ईभा न्यौपाने, पर्फर्मेन्स अवार्डबाट शिशिर थापा समेत पुरस्कृत भएका छन् ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरस्कार तथा सम्मान–पत्र वितरण गरेका थिए।

कार्यक्रममा आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक तथा प्रमुख मिलन मोक्तानले कोरोनाभाइरस (कोभिड–१९) का कारण भएको लकडाउनको बन्दाबन्दी अवस्थामा सिर्जनात्मक कार्य गर्न र गराउने सोचवाट थोरै रकमको भएपनि प्रतिस्पर्धात्मक अनलाइन गायन प्रतियोगिता गरेको वताए।

देश विदेशवाट ८ सयभन्दा बढीको सहभागिता रहेको साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ वाट नजानिदो किसिमले प्रतिभाहरु जन्माउन सफल भएको दावी पनि मोक्तानले गरेका छन्। जसमा बरिष्ठ गीतकार डा.कृष्णहरि बराल, संगीतकार किशोर गुरुङ, संगीतज्ञ दीप तुलाधर र सुरसुधाका सुर सुरेन्द्र श्रेष्ठ रहेको निर्णायक मण्डलले विजेता घोषणा गरिएको थियो।

पुरस्कार वितरण समारोहमा आयोजक साधना कला केन्द्रले दोश्रो सिजनको साधना अनलाइन हन्ट २०७७ को शुभारम्भ भएको पनि घोषणा गरिएको छ। दोश्रो सिजनको साधना अनलाइन हन्टमा पनि पहिलोको जस्तै व्यापक सहभागिता हुने आशा तथा विश्वास आयोजक साधना कला केन्द्रका प्रवन्ध निर्देशक आशा गौतमले गरेकी छन्।
प्रकाशन मिति–२०७७ साल असोज १० गते शनिवार ।