काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रव्दारा आयोजित साधना अनलाइन ट्यालेन्ट हन्ट प्रतियोगिताको टप पचास निकालिएको छ।

७ सय ३८ भन्दा बढी प्रतियोगीहरुले पठाएका गीत भिडियोलाई तीनजना अति विशिष्ट संगीतज्ञहरु रहेको निर्णायक मण्डलले ७ दिन लगाएर टप पचास छानिएको जानकारी आयोजक साधना कला केन्द्रका संस्थापक अध्यक्ष मिलन मोक्तानले भिजन संसार डटकमलाई दिएका छन्।

अध्यक्ष मोक्तानका अनुसार, टप पचासमा पुगेका प्रतियोगीहरुले अझ राम्रो गीत गाएर त्यसको भिडियो अनलाइन मार्फत यही जेठ १५ गतेभित्र पठाउनु पर्ने भएको छ। त्यसरी टप पचासमा आएका प्रतियोगीहरु मार्फत आएको नयाँ गीतहरुलाई फाइनलमा लगेर पुरस्कृत गरिने जानकारी पनि अध्यक्ष मोक्तानले दिएका छन्।

जारी लकडाउनको समयलाई सही सदूपयोग गर्न र गराउन यसप्रकारको विलकुलै नौलो प्रतियोगिताको आयोजना गरेको आयोजक साधना कला केन्द्रकी प्रवन्ध निर्देशक आशा गौतमको भनाई छ। यसले मानिस भित्रको गुम्सिएको प्रतिभालाई प्रस्फुटन गर्न र गराउन सहयोग पुग्न गएको दावी पनि गौतमको रहेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ ११ गते आइतवार ।