काठमाडौं। नेपाली गीत–संगीतका मेलोडी किङ बरिष्ठ संगीतकार शंभुजीत बाँस्कोटाको जन्मदिन भव्य रुपमा मनाउने कार्य भएको छ। चैत्र २ गते सोमवारवाट सिक्स्टी प्लसको उमेरमा पुगेका मेलोडी किङ बाँस्कोटाको जन्मदिन मनाउने कार्य भएको हो।

नेपालको नंबर वान संगीत तथा नृत्यको विद्यालय साधना कला केन्द्रले मेलोडी किङ बाँस्कोटाको जन्मदिनलाई यादगार वनाउन मनाउने कार्य भएको छ। साधना कला केन्द्र पुतलीसडकमा आयोजित कार्यक्रममा बेद पाठ सहित मेलोडी किङ बाँस्कोटालाई जन्म दिनको अपार शुभकामना दिने कार्य आयोजक साधना कला केन्द्रका संस्थापक अध्यक्ष तथा संगीतकार मिलन मोक्तानदेखि गायक रामकृष्ण ढकालसम्मवाट भएको थियो।

साधना कला केन्द्रकी प्रवन्ध निर्देशक आशा गौतमले स्रष्टाको सम्मान स्वरुप साधना कला केन्द्रले जन्मदिन मनाउने कार्य पनि गर्दैआएको खुलासा गरेकी छन्।

प्रकाशन मिति–२०७७ साल चैत्र २ गते सोमवार ।