विराटनगर। विराटनगरको शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फूटबलमा नेपालको जित भएको छ। श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको हो।

बुधबार श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो। नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो। नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो।

त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । अव नेपालले उपाधिका लागि भारत र बंगलादेशवीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ६ गते बुधवार ।