काठमाडौं। अपाङ मानव अधिकारकर्मी भोजराज श्रेष्ठको नेतृत्वमा प्रतिनिधि मण्डलले आज संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग भेट गरेका छन्।

भेटका क्रममा मन्त्री पण्डितलाई सामाजिक सुरक्षाको सम्बन्धमा बनेको बिध्ययकको दफा ८ मा अपाङ्गता भएका ब्यक्तिमध्ये पूर्ण–अशक्तलाई सामाजिक सुरक्षा भत्ता दिने ब्यबस्थालाइ संशोधन गर्न माग गरेको छ।

पहिले देखिनै दिइंदै आएको अति अशक्त अपाङ्गता भएकाको सामाजिक सुरक्षा भत्ता नकाट्न र अपाङ्गता भएकालाई बेरोजगारी भत्ताको समेत ब्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए।

मन्त्री पण्डितले छलफलका क्रममा अझै समय रहेको हुंदा नआतिन आग्रह गरेका छन्। अपाङ अधिकारकर्मी श्रेष्ठ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र इण्डिपेण्डेण्ट लिभिङ्ग सेन्टर–ललितपुरका अध्यक्ष हुन्।

प्रकाशन मिति–२०७५ साल भदौ २९ गते शुक्रबार ।